२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना व्यक्त



अ+ अ-

रुपन्देही । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले मान्ने संस्कृति र धर्म अरु समुदायका लागि पनि साझा हुँदै गएको बताउनुभयो ।

“धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै जानु विविधतायुक्त समाजको एकता हो, यसले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बन्दै जाने विश्वास लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै धर्म र समुदायको सम्मान हुने मार्गप्रशस्त गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले यतिखेर मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने उल्लेख गर्नुभयो ।

“अहिले मुलुक संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने दिशामा अघि बढेको छ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।