२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग



अ+ अ-

काठमाडौँ। राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगले इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय प्रदान गर्न र कानुन कार्यान्वयन गर्ने निकायलाई जवाफदेही बनाउन सम्बन्धित सबै पक्षसमक्ष आग्रह गरेका छन् ।

दुवै आयोगले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीलाई कडा कारबाही गरी पीडितलाई न्याय दिन र पीडित परिवारलाई सुरक्षा व्यवस्था गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेका हुन् । त्यसका साथै आयोगले रौतहट र पर्सासहित देशका विभिन्न भागमा महिला, दलित र किशोरीमाथि भइरहेका हिंसा र विभेदका घटनाको समेत गम्भीर छानबिन गर्नुपर्नेमा जोड दिएको छ ।

सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा आइतबार बिहान वीरेन्द्रनगर–४, सहिद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँमा पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकका आफन्तहरूले सामूहिक बलात्कार भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ ।

सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउसमेत गरेको छ । आयोगले मानव सभ्यतालाई नै चुनौती दिने गरी भएको यो विभत्स घटनाप्रति दुःख व्यक्त पनि व्यक्त गरेका छन् । रासस




भर्खरै