• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

समुदायले बनाइदिए प्रहरी चौकी



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयवासीले प्रहरी चौकी तालखर्कलाई सुविधासम्पन्न भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । स्थानीयवासीको श्रमदान तथा चन्दा सङ्कलन गरी रु १४ लाख ७५ हजार ८९७ लगानीमा निर्माण गरिएको तीनकोठे भवन मङ्गलबार प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

करीब पाँच महिना लगाएर निर्माण गरिएको भवनमा शौचालय, भान्छाघर, बिजुलीबत्ती, खानेपानी, निःशुल्क इन्टरनेट सेवालगायत रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम पुरीले बताउनुभयो । भाडाको घरमा सञ्चालन हुँदै आएको प्रहरी चौकीका लागि स्थानीय भूपाल पुरीले एक र शुभम् फाउण्डेशनले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि श्रमदान र चन्दा सङ्कलनबाट भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि समुदायको रु छ लाख ८८ हजार ७९२ श्रमदान तथा नगरपालिकाको जस्तापाता, काठ र दक्ष कामदार ज्यालावापत रु छ लाख ३५ हजार लगानी रहेको जनाइएको छ । नवनिर्मित प्रहरी चौकी भवन नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गर्नुभयो । सो अवसरमा नगरउपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक भोला गिरीलगायतले स्थानीयवासीलाई धन्यवाद दिनुभयो ।