९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सोविता गौतमले बुझाइन् ९ लाख ९३ हजार रुपैयाँको निर्वाचन खर्च विवरण

सोविता गौतमले बुझाइन् ९ लाख ९३ हजार रुपैयाँको निर्वाचन खर्च विवरण
अ अ+ अ-

काठमाडाैँ । चितवन ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले निर्वाचन कानुनअनुसार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेकी छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले निर्वाचन अवधिमा भएको सम्पूर्ण खर्चको विवरण आयोगसमक्ष बुझाएको बताएकी छन्।

उक्त विवरण अनुसार मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। प्रचार–प्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० सय रुपैयाँ खर्च गरिएको छ भने मतदाता प्रशिक्षणका लागि १ दिनमा ३० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। त्यसैगरी नमुना मतपत्र तथा घोषणा पत्र छपाइमा ७४ हजार २ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

वडा स्तरीय प्रचार–प्रसारका लागि २८ वडामा सञ्चालन गरिएको कार्यक्रममा करिब १ लाख रुपैयाँ खर्च गरिएको छ। त्यस्तै १५ दिनका लागि सवारी साधन प्रयोग गर्दा चालकसहित ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। सचिवालय प्रयोजनका लागि स्टेशनरीमा २३ हजार ४४५ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

निर्वाचन अभियानका क्रममा खाद्यान्न, रासन तथा पानी व्यवस्थापनका लागि १ लाख १८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

यसरी विभिन्न शीर्षकमा भएको खर्च जोड्दा कुल निर्वाचन खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ।