४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

बाख्रापालनबाट भविष्य खोज्दै किसान

बाख्रापालनबाट भविष्य खोज्दै किसान
अ+ अ-

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तीचौरका रामचन्द्र विक आजकाल प्रायःजसो बाख्राको खोरमै भेटिनुहुन्छ । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उहाँको दैनिकी हो । उहाँसहित गाउँका १० जनाले ‘शुभलक्ष्मी बाख्रा फार्म’ नामको सामूहिक बाख्राफार्म खोलेपछि विकलाई आजकाल फार्म बाहिर निस्कने खासै फुर्सद हुँदैन । “खोरमा अहिले २५ माउ, ३६ पाठी र तीन पाठा गरी ६९ बाख्रा छन् ।” उहाँले भन्नुभयो, “गाउँमै व्यावसायिक बन्न बाख्रापालन रोजेका हौँ ।”

बागलुङबाट बयर जातका १७, इस्मा मैदानबाट ४० तथा अन्य केही बाख्रा गाउँमै खरीद गरिएको विकले जानकारी दिनुभयो । बाख्रापालनका लागि रु १३ लाख लागतमा खोर निर्माण र रु छ लाखमा बाख्रा खरीद गरी हालसम्म रु १८ लाखभन्दा बढी लागत लागेको विकले बताउनुभयो । गत वैशाखबाट शुरु गरेको बाख्रापालनकै लागि १३ रोपनी जग्गा १० वर्षको सम्झौतामा भाडामा लिएको फार्मका शेयर सदस्य मञ्जु विकले बताउनुभयो । “२५ मध्ये १८ बाख्रा ब्याउनेछन्, परिणाम आइसक्ने बेला भएको छैन”, विकले भन्नुभयो्, “समूहमा मिलेर काम गरेका छौँ, राम्रो परिणाम आउनेमा विश्वस्त छौँ ।”

प्रदेश नं ५ सरकारले गत आर्थिक वर्षमा उक्त गाउँमा ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम लागू गरेपछि किसानहरुले बाख्रापालनबाटै भाविष्य खोज्न थालेका छन् । उक्त कार्यक्रमअन्तर्गत बाख्रापालनका लागि फार्मले रु आठ लाख ९० हजार अनुदान लिएको छ । अहिले फार्मले एक जनालाई रोजगारी दिएको र बाख्राको सङ्ख्या पनि १०० पु¥याउने जनाएको छ ।

सोही गाउँकै २३ वर्षीय अमित कुँवर सानैदेखि बाख्रापालन रुचाउनुहुन्थ्यो । विगत पाचँ वर्षदेखि कुखुरा र केही मात्रामा बाख्रा पाल्दै आएका कुँवरलाई ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम लागू भएपछि थप लगानी जुट्यो । गत जेठमा सोही कार्यक्रमअन्तर्गत खोर निर्माणका लागि कृषि ज्ञान केन्द्रबाट रु चार लाख २० हजार लिनुभयो । अहिले खोरमा २८ बाख्रा र तीन बोका गरी कूल ३१ बाख्रा छन् । प्रदेश सरकारले लागू गरेको ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रमबाट आफू लाभान्वित भएको उहाँले सुनाउनुभयो । “कार्यक्रमले संरचना र लगानीमा सहयोग गरेको छ, जसले गर्दा काम गर्ने हौसला मिलेको छ”, उहाँले भन्नुभयो ।

अमितले बाख्राका साथसाथै बोइलर र कोइलर जातका कुखुरा पनि पाल्दै आउनुभएको छ । यसबाट उहाँले वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । उहाँका दाइ ३४ वर्षीय गोपाल कुँवर रोजगारीकै लागि १० वर्ष भारत बस्नुभयो । तर, भाइले व्यावसायिकरूपमा बाख्रा तथा कुखुरापालन गर्न थालेपछि उहाँले पनि घरमै बस्ने निधो गर्नुभयो । “भारतमा अर्काको अधिनमा बस्नुपर्छ, तर यहाँ छुट्टै आनन्द छ”, उहाँले भन्नुभयो, “अब भाइले आँटेको पेशालाई निरन्तरता दिने हो ।” शारदा एग्रिकल्चर नामको अमितको फार्ममा १५० बाख्रा अट्ने क्षमता छ । “घर खर्च जोहो गर्नकै लागि विदेश जानुपर्दैन”, अमितले भन्नुभयो, “आफूसँग भएको ज्ञान र सीपलाई राम्रोसँग प्रयोग गर्नुपर्छ ।”

प्रदेश नं ५ सरकारले गत आवमा जिल्लाका चार स्थानमा चार वर्षको लागि ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम लागू ग¥यो । जसअन्तर्गत इस्मा हस्तीचौरमा ५० परिवार व्यावसायिक बाखापालन शुरु गरे । अहिले गाउँमा एउटा ठुलो, चारवटा मझ्यौला र साना २० वटा खोर रहेका छन् । जसमध्ये ठुलोखोरमा १० जना, मझ्यौला खोरमा पाचँ÷पाचँ जना तथा साना खोरमा एक÷एकजना लगानीकर्ता रहेका छन् भने यसै कार्यक्रमअन्तर्गत दुई माछापोखरी पनि निर्माण गरी व्यवसाय शुरु गरिएको छ । यसमा प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

आव २०७५÷७६ मा शुरु भएको कार्यक्रम आव २०७८÷७९ सम्म सञ्चालन हुनेछ । गत आर्वमा श्रमदान रु १० लाखसहित ६० लाख र यो आवका लागि रु ३७ लाख ५० हजार विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक शिव बञ्जाडेले जानकारी दिनुभयो । गत वर्षको कार्यक्रम कृषि ज्ञान केन्द्र मातहतमा रहे पनि यो आर्थिक वर्षदेखि भने पशुविज्ञ केन्द्र पाल्पा मातहतमा रहने उहाँले जानकारी दिनुभयो ।