१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

‘स्ट्रेट अफ हर्मुज’बाट आउने मानवीय सहायता अवरोध नगर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
अ अ+ अ-

जेनेभा। मध्यपूर्व युद्धले मानवीय सहायता आपूर्ति गर्ने मार्गहरूलाई असर गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले बुधबार मानवीय सहायता आपूर्तिहरू ढुवानी ‘छूट’ गर्न आग्रह गर्नुभएको छ।

मध्य पूर्वमा युद्धले हर्मुजको स्ट्रेट प्रभावकारी रूपमा बन्द गरेको छ, इन्धन आपूर्ति अवरोधले मालभाडाको दरहरू बढाइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले बढ्दो युद्ध र स्ट्रेट अफ हर्मुजमा परेको प्रभावले हाम्रो मानवीय सहायताका लागि हुने आपूर्तिमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । यसले तत्काल खासगरी उप–सहारा अफ्रिकाका प्रमुख आवश्यकता भएका क्षेत्रहरूको आपूर्तिमा असर परेको छ।

“द्वन्द्वको थप वृद्धिले अन्य आपूर्ति मार्गहरूलाई पनि क्षति पुर्याएको छ,“ उहाँले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो ।

“युद्धले मूल्य बढाउँछ र अधिक मानिसहरूलाई सामानहरूको थप आवश्यकतातर्फ धकेल्छ,”उहाँले भन्नुभयो ।

उहाँले अगाडी भन्नुभयो, “त्यसैले हामी सबै पक्षहरूलाई हाम्रो मानवीय सहायता बोक्ने यातायातको लागि ‘स्ट्रेट अफ हर्मुज’सहित ती मार्गहरू सुरक्षित गर्न प्रयास गर्न अपील गर्दछौँ । हामी राजनीतिको आधारमा नभई आवश्यकताको आधारमा जोसुकै, जहाँसुकै, पुग्न सक्छौँ।”

“हामी अहिले गम्भीर खतराको क्षणमा बाँचिरहेका छौँ,“ फ्लेचरले भन्नुभयो।

“हामी यी सङ्कटहरू द्रुत रूपमा बढिरहेको र खतरनाक तरिकामा बढ्दो टकराइरहेको देखिरहेका छौँ,” उहाँले भन्नुभयो ।

“पछिल्ला दुई हप्ताको लडाइँले ‘हामी क्रूरता, दण्डहीनता र उदासीनताबीच बाँचिरहेका छौँ’ भन्ने थप पुष्टि गरेको छ,” उहाँले भन्नुभयो, “युद्धको सबैभन्दा खराब ज्यादतीलाई रोक्नको लागि नियममा आधारित अस्थायी ढाँचा नष्ठ हुँदैछ।”

उहाँले थप्नुभयो, “मानवीय चातुर्यलाई व्यापक रूपमा मार्ने अझ डरलाग्दो उपायहरू अवलम्बन भइरहेका छन् । नागरिकहरू अझ बढी घृणित हिंसाको सिकार भइरहेका छन्।”  (रासस/एएफपी)