१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ



फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिकास्थित बिपी स्मृति आधारभूत अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो ।

पछिल्लो समय हेटौँडा अस्पतालमा देखिएका समस्या समाधान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

गरिबका छोराछोरीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्ति लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री बानियाँले उपचारको अभावमा कुनै पनि नागरिकलाई ज्यान गुमाउनुुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

सङ्घीय सरकारको रु छ करोड ५८ लाख ९९ हजार १७६ लागतमा निर्माण भएको उक्त अस्पताल भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गर्नुभएको हो । रासस