२१ भाद्र २०८३, आईतवार
,
Latest
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ ।

कामपा वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखाएकाले सचेत रहन आग्रह गरेको हो ।

विभाग प्रमुख सरिता राईले वायु प्रदूषण हुनुको मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण गतिविध भएकाले वायु प्रदूषण गर्ने गतिविधि कम गर्न आग्रह गर्नुभयो ।

वायु प्रदूषण हुँदा बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी तथा स्वासप्रस्वाससम्बन्धी समस्या भएका बिरामी तथा दीर्घरोग लागेका बिरामी बढी जोखिममा पर्ने भएकाले थप सचेत रहन पनि कामपाले आग्रह गरेको छ ।

कामपाले नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत सम्भार गर्न, सवारीसाधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर चलाउन, प्लास्टिकजन्य सामग्री नबाल्न, निर्माणजन्य सामाग्री फुटपाथमा नराख्न, उद्योग कलकारखाना, अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्डभित्र रहेर मात्र गर्न गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ । रासस