२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु



अ+ अ-

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–८ मा आजदेखि रु एक लाख बढी पुरस्कार राशिको प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

युनाइटेड क्लबको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।

११ समूह सहभागी प्रतियोगितामा विजेता र उपविजेतालाई ट्रफी, मेडलसहित नगद रु एक लाख ११ हजार १११ र रु ५५ हजार ५५५ नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष अनिष गौचनले जानकारी दिनुभयो ।

विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिने उहाँले बताउनुभयो । विधागत उत्कृष्ट खेलाडीलाई नगद रु दुई हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष गौचनले बताउनुभयो । रासस