१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथियोपियामा बाढीका कारण ४८ जनाको मृत्यु



अ+ अ-

नैरोबी। दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ।

दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी गरी भनेको छ, “गामो अञ्चलका तीन जिल्लामा आएको प्राकृतिक विपत्तिबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

प्रहरीका अनुसार बाढीमा परी कम्तीमा ९५ जना बेपत्ता भएका छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

पूर्वी अफ्रिकामा पछिल्ला केही दिन यता ठूलो बाढी आएको छ ।

राजधानी नैरोबी र अन्य क्षेत्रमा शुक्रबार परेको मुसलधारे वर्षाका कारण छिमेकी केन्यामा दर्जनौँको मृत्यु भएको छ ।

धेरै अध्ययनहरूले विगत २० वर्षमा पूर्वी अफ्रिकामा अत्यधिक बर्षा र लामो खडेरी बढ्दो आवृत्तिलाई पछ्याइरहेको देखिन्छ ।

मानव–सञ्चालित जलवायु परिवर्तनले मुसलधारे वर्षाजस्ता गम्भीर मौसमी घटनाहरूको सम्भावना, लम्बाइ र गम्भीरता बढाइरहेको वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् । (रासस/एएफपी)




भर्खरै