२७ भाद्र २०८३, शनिबार
,
Latest
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा



अ+ अ-

काठमाडौँ। सरकारी स्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १ सय २० वर्ष पूरा भएको छ । राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देव शमसेरले आफ्नो छोटो कार्यकालमा ८ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गर्नुभएको थियो ।  

त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शमसेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाउनुभएको थियो । आठ जना नेपाली विद्यार्थीलाई पढाईमा कुनै दुःख नहोस भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो । उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा हुनुहुन्थ्यो । 

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इन्जिनियरिङ्ग, देव नरसिंह राणा र वालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इन्जिनिरिङ्ग, रुद्रलाल सिंह व्यवहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स (माटोको भाँडा,पछि रेशम खेती) बारे थिए । 

नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १ सय २० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना गर्यो । 

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानवीचको सम्वन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत २ वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताउनुभयो । पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो । 

सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्व अध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराउनुभएको थियो । त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उहाँले उल्लेख गर्नुभयो । दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताउनुभयो । 

जुआनका अध्यक्ष डा.प्रवीण श्रेष्ठ, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा.खड्ग केसी, महासचिव डा.जीवन भट्टराई, जानका अध्यक्ष डा.रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाईका अध्यक्ष डा.उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा.ताराप्रसाद सापकोटा, जुआनका पुर्व अध्यक्ष डा.दिनेशराज भुजु, अशोक शमशेर राणालगायतले नेपाल जापान सम्वन्धका बारेमा चर्चा गर्नुभएको थियो ।  

कार्यक्रममा नेपाल राष्ट्र बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनित गरेको घोषणा गरियो । 

जुआनका संस्थापक अध्यक्ष इलेक्ट्रिकल इन्जियर पद्मसुन्दर मल्ल हुनुहुन्छ र उहाँले सन् १९१६ मा जापानमा अध्ययन गर्नुभएको थियो ।