१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया पठाउने बहनामा ठगी गरेको आरोप



अ+ अ-

काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका–७का सुजन उपरकोटीले कोरिया पठाउने बहनामा खोटाङकी अनुषा तामाङलाई रु एक लाख ठगी गरेको आरोप लागेको छ । धार्मिक सेमिनारका लागि भिजिट भिसा (भ्रमण प्रवेशाज्ञा)मा कोरिया पठाउने बहनामा सुजनले केपिलासगढी गाउँपालिका–४ बाक्सिला पूर्ख्यौली थलो भई हाल धरान उपमहानगरपालिका–१५ बस्दै आएकी तामाङलाई ठगी गरेको आरोप लागेको हो ।

तामाङले कोरिया पठाइदिने भन्दै गत साउनमा बैंकिङ कारोबारमार्फत रु एक लाख दिएको बताउनुभयो । हाल काठमाडौँ मनमैजु बस्दै आउनुभएका सुजनले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर, कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको तामाङको आरोप छ ।

पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाउने गरेको अनुषाका बुवा पहलमान तामाङले बताए। पैसा फिर्ता नदिएमा कानुनी उपचार खोज्ने पीडित तामाङ परिवारले जनाएको छ ।