१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरुवा बन्दुकसहित एकजना पक्राउ



अ+ अ-

काठमाडाैँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।

विशेष सूचनाका आधारमा विश्वकर्मालाई एक थान भरूवा बन्दुकसहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको टोलीले घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो ।

रुखबाट लडेर एक जनाको मृत्यु

त्यसैगरी चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमाघाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीषक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।

दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पु-याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।