६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा

मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा
Israeli air defence systems are activated to intercept Iranian missiles over the Israeli city of Tel Aviv early on June 18, 2025. Israel and Iran exchanged fire again on June 17, the fifth day of strikes in their most intense confrontation in history, fuelling fears of a drawn-out conflict that could engulf the Middle East. (Photo by Menahem Kahana / AFP)
अ+ अ-

काठमाडाैँ । मध्यपूर्व क्षेत्रमा जारी युद्धका बीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाइरहेको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढ्दै गएको छ ।

बुधबार बिहान इजरायल र इरानबीच पुनः आक्रमण भएको खबर सार्वजनिक भएको छ । यसैबीच इरानले क्षेत्रका तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै विभिन्न गतिविधि तीव्र बनाएको बताइएको छ । विश्लेषकहरूका अनुसार इरानले यस्तो रणनीति अपनाएर विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्दै इजरायल र अमेरिकामाथि आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन खोजेको हुन सक्छ ।

इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ । विश्वको करिब पाँच भागमध्ये एक भाग तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यस क्षेत्रमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ ।

बुधबार बिहान ओमानको तट नजिकै हर्मुज जलडमरूमा एउटा कन्टेनर जहाजमा प्रहार हुँदा जहाजमा आगलागी भएको थियो । आगो नियन्त्रण बाहिर गएपछि जहाजका कर्मचारीहरूलाई जहाज छाडेर सुरक्षित स्थानमा जान बाध्य भएको जनाइएको छ ।

यसैबिच कुवेतले आफ्नो हवाई सुरक्षाले इरानबाट आएका आठवटा ड्रोन खसालिएको जनाएको छ । साउदी अरबले पनि आफ्नो सायबह तेल क्षेत्रमा लक्षित पाँचवटा ड्रोनलाई बाटोमै रोकेको जानकारी दिएको छ । यी घटनाले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि खतरा बढेको सङ्केत गरेको छ ।

यस परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार बैठक बस्ने तयारी गरेको छ । खाडी सहयोग परिषद्ले प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने बताइएको छ । उक्त प्रस्तावमा इरानले आफ्ना अरब छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै भइरहेको आक्रमण रोक्नुपर्ने माग गरिएको छ ।

मध्यपूर्वमा जारी तनावका कारण विश्व ऊर्जा बजार अस्थिर बन्न सक्ने र तेलको मूल्यमा उतारचढाव बढ्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरिएको छ । विश्लेषकहरूका अनुसार यदि हर्मुज जलडमरूमा अवरोध लामो समयसम्म जारी रह्यो भने विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्छ ।