१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनिशा विक हत्या प्रकरणमा राप्रपा नेता शाहीद्वारा दोषीलाई कडा कारबाहीको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या भएको घटना  दर्दनाक र निन्दनीय भएको बताएका छन्।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “निर्दोष किशोरीले न्याय पाउनुपर्छ र यस्ता अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन।” उनले दोषीलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले यस्ता जघन्य अपराधहरू हाम्रो समाजमा अझै भइरहनु ठूलो दुर्भाग्य भएको भन्दै, महिलाको सुरक्षा, न्याय र मानवताको पक्षमा सबैले आवाज उठाउनु आवश्यक भएको बताए।

शाहीको यस वक्तव्यले सरकार र समाजलाई न्याय सुनिश्चित गर्न र अपराधीलाई कारबाही गर्न सचेत बनाउने उद्देश्य राखेको छ।