६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

युद्धबिच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

युद्धबिच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
अ+ अ-

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो जानकारी दिएका हुन् ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यस वर्षको पुरुष फुटबल विश्वकपमा इरानको सहभागिता अनिश्चित हुने चर्चा चलिरहेको छ । तर प्रतियोगिताको तयारीबारे भएको बैठकमा इरानको अवस्थाबारे पनि छलफल भएको फिफा अध्यक्ष इन्फान्टिनोले बताए ।

इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै बैठकका क्रममा ट्रम्पले इरानी टोलीलाई अमेरिकामा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वागत गरिएको कुरा दोहोर्‍याउनुभएको उल्लेख गरे ।

डिसेम्बरमा फिफाले स्थापना गरेको ‘फिफा शान्ति पुरस्कार’ ट्रम्पलाई प्रदान गरेका इन्फान्टिनोले यस टिप्पणीमार्फत पहिलो पटक मध्यपूर्वमा भइरहेको युद्धको सन्दर्भमा विश्वकपमा इरानको सहभागिताबारे सार्वजनिक रूपमा चर्चा गरेका हुन् ।

यद्यपि ट्रम्पको पछिल्लो टिप्पणी गत हप्ता पोलिटिकोसँग गरेको अभिव्यक्तिसँग भने फरक देखिएको छ । पोलिटिकोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरान विश्वकपमा खेल्छ कि खेल्दैन भन्ने विषय आफूलाई खासै महत्त्वपूर्ण नभएको बताएका थिए ।

ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि इन्फान्टिनो र उहाँबीचको सम्बन्ध अझ नजिक भएको बताइन्छ । इन्फान्टिनो ट्रम्पको उद्घाटन समारोहमा समेत सहभागी भएका थिए ।यसैबिच इरानको फुटबल महासङ्घले भने आफ्नो राष्ट्रिय टोलीको विश्वकप सहभागिताबारे शङ्का व्यक्त गरेको छ । इरानका फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले मङ्गलबार राज्य टेलिभिजनसँग कुरा गर्दै वर्तमान परिस्थितिमा टोलीलाई प्रतियोगितामा पठाउने विषय कठिन हुन सक्ने सङ्केत दिए।

उनले प्रश्न उठाउँदै भने, “यदि विश्वकपको अवस्था यस्तो नै रह्यो भने सही सोच भएको कसैले आफ्नो राष्ट्रिय टोलीलाई त्यहाँ कसरी पठाउन सक्छ ?” विश्वकप प्रतियोगिता तीन देशमा आयोजना हुने भए पनि इरानले समूह चरणका सबै तीन खेल संयुक्त राज्य अमेरिकामै खेल्ने तालिका छ । तीमध्ये दुई खेल लस एन्जलसमा र एउटा सियाटलमा हुने तय गरिएको छ । यदि इरानले प्रतियोगिताबाट नाम फिर्ता लिएमा सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फाइनलबाट फ्रान्स र भारतले नाम फिर्ता लिएपछि यस्तो घटना पहिलो पटक हुनेछ ।

यता अस्ट्रेलियामा जारी महिला एसियाली कपका क्रममा पनि इरानी टोलीसँग सम्बन्धित विवाद उत्पन्न भएको छ । मङ्गलबार प्रतियोगितामा सहभागी इरानी महिला फुटबल टोलीका केही खेलाडीहरूले शरण मागेका छन् । एक खेलअघि राष्ट्रिय गान नगाएको भन्दै राज्य टेलिभिजनबाट आलोचना भएपछि टोलीका केही सदस्यहरूले अस्ट्रेलियामा बस्ने प्रयास गरेका थिए । कप्तान जह्रा घनबारीसहित पाँच खेलाडी रातको समयमा टोली बसेको होटलबाट निस्केर अस्ट्रेलियाली अधिकारीहरूसमक्ष शरण माग्न पुगेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टोलीका कम्तीमा दुई सदस्यले भोलिपल्ट बसोबासका लागि आवेदन दिएका थिए । तर अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बुधबार तीमध्ये एक खेलाडीले पछि आफ्नो निर्णय परिवर्तन गरेको जानकारी दिए ।बर्कले संसद्मा दिएको जानकारी अनुसार ती खेलाडीलाई टोलीका साथीहरूले कुरा गरेर आफ्नो निर्णय पुनः विचार गर्न आग्रह गरेका थिए । त्यसपछि उनलाई इरानी दूतावाससँग सम्पर्क गर्न पनि प्रोत्साहित गरिएको थियो ।

उनका अनुसार त्यसपछि इरानी दूतावासलाई खेलाडीहरू कहाँ छन् भन्ने स्थानको जानकारी पुगेको थियो । बाँकी खेलाडीहरूलाई भने सुरक्षा कारणले सुरक्षित घरबाट अर्को स्थानमा सारिएको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।