९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

‘सामान्य विधेयकलाई रोक्दैनौ, दुई तिहाई बहुमत आवश्यक पर्ने विषयहरूमा संवेदनशील हुनैपर्छ’: राष्ट्रियसभा सदस्य शाही

‘सामान्य विधेयकलाई रोक्दैनौ, दुई तिहाई बहुमत आवश्यक पर्ने विषयहरूमा संवेदनशील हुनैपर्छ’: राष्ट्रियसभा सदस्य शाही
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य ललितजंग शाहीले प्रतिनिधि सभाबाट पारित भएका विधेयक र ऐन–कानूनहरूमा राष्ट्रिय सभाले अवरोध नगर्ने बताएका छन्। नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बहालवाला तथा नवनिर्वाचित सदस्यहरूसँग भएको परिचयात्मक कार्यक्रममा उनले सामान्य विधेयक र ऐन निर्माणमा राष्ट्रिय सभाले प्रतिनिधि सभासँग सहकार्य गर्ने स्पष्ट पारे।

तर संविधान संशोधन जस्ता संवेदनशील विषयमा राष्ट्रिय सभाले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने शाहीको भनाइ छ। उनले भने, “प्रतिनिधि सभाबाट आएका विधेयक र ऐन–कानूनलाई राष्ट्रिय सभाले अध्ययन गरी कमी–कमजोरी देखिएमा सुधार र राय–सल्लाहसहित पुनः प्रतिनिधि सभामा पठाउने संवैधानिक जिम्मेवारी रहेको छ। प्रतिनिधि सभाले हाम्रो सुझाव स्वीकारेर अघि बढ्यो भने राम्रो हुनेछ। स्वीकार नगरे पनि त्यो प्रतिनिधि सभाको विशेष अधिकारको विषय हो। तर दुई तिहाइ बहुमत आवश्यक पर्ने विषयमा राष्ट्रिय सभाले संवेदनशील भएर भूमिका निर्वाह गर्नेछ।”

शाहीले प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजाप्रति जनमत असन्तुष्ट रहेको टिप्पणी पनि गरे । उनले भने , “हाम्रो कार्यसम्पादनबाट नेपाली जनता पूर्ण सन्तुष्ट देखिएन। पुराना राजनीतिक दलमा जनता अपेक्षाकृत असन्तुष्ट छन्, त्यसैकारण प्रतिनिधि सभाको परिणाम आएको मैले बुझेको छु।”

वर्तमानमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिट पाएका छन्। रास्वपाले संविधान संशोधनको प्रयास गरिरहे पनि राष्ट्रिय सभामा पार्टीका कुनै सदस्य नभएकाले राष्ट्रिय सभाले उक्त प्रस्तावमा रोक लगाउने संकेत शाहीले दिनुभएको छ।

राष्ट्रिय सभाले विधेयकमा सहयोग र संविधान संशोधनमा संवेदनशील भूमिका निर्वाह गर्ने शाहीको यो स्पष्टिकरणले आगामी विधायिक प्रक्रियामा राष्ट्रिय सभाको भूमिका र सीमा प्रस्ट गरेको छ।