९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

जेसीबी थ्री डीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

जेसीबी थ्री डीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक
अ अ+ अ-

काठमाडाैँ ।  नेपालको निर्माण तथा हेभी इक्विपमेन्ट क्षेत्रमा सक्रिय एमएडब्ल्यू अर्थमुभर्सले जेसीबीथ्री डीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलोपटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। ग्राहकको विश्वास सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुरक्षित गर्ने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत नयाँ जेसीबी थ्री डीएक्स सुपर खरिद गर्ने ग्राहकले एमएडब्ल्यू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको चार वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाइ ब्याक मूल्य प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार तोकिएको सञ्चालन र नियमित मर्मतसम्भारका शर्त पूरा भएमा प्रयोग गरिसकेको मेसिनलाई मूल खरिद मूल्यको ५० प्रतिशतसम्म बाइ ब्याक लाभ प्रदान गरिनेछ। यस व्यवस्थाले ग्राहकलाई वित्तीय सुरक्षासहित भविष्यको पुनःबिक्री मूल्यबारे स्पष्टता दिने अपेक्षा गरिएको छ।

कम्पनीले यो योजनाले जेसीबी जेसीबी थ्री डीएक्स सुपरको टिकाउपन, विश्वसनीयता र बजारमा यसको स्थायी मागप्रतिको विश्वास झल्काउने जनाएको छ। नेपालका निर्माण क्षेत्रमा यो मेसिन सबैभन्दा धेरै प्रयोग हुने तथा भरपर्दो ब्याकहो लोडरहरूमध्ये एक मानिन्छ।

एमएडब्ल्यू अर्थमुभर्सका एक प्रतिनिधिका अनुसार निर्माण क्षेत्रमा गरिने हरेक लगानीबाट भरपर्दो उपकरण र दीर्घकालीन मूल्य अपेक्षा गरिन्छ। ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सुरु गरेर ग्राहकलाई खरिद निर्णयप्रति थप विश्वस्त बनाउने र जेसीबी मेसिनले दिने प्रदर्शन तथा पुनःबिक्री मूल्यप्रतिको भरोसा अझ मजबुत बनाउने लक्ष्य राखिएको उनले बताए।

जेसीबी जेसीबी थ्री डीएक्स सुपर उच्च इन्धन दक्षता, शक्तिशाली प्रदर्शन, उच्च उत्पादकत्व तथा न्यून मर्मत खर्चका लागि परिचित रहेको कम्पनीले जनाएको छ। नेपालभर सडक निर्माण, जलविद्युत् आयोजना, शहरी पूर्वाधार विकास तथा ग्रामीण विकासका विभिन्न परियोजनामा यस मेसिनको व्यापक प्रयोग हुँदै आएको छ।

एमएडब्ल्यू अर्थमुभर्सले देशभर ३२ भन्दा बढी सेवा सञ्जाल र ४०० भन्दा बढी दक्ष जनशक्तिमार्फत बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार जेनुइन स्पेयर पार्ट्स र छिटो सेवा उपलब्ध हुने भएकाले जेसीबी नेपालभरका ठेकेदार तथा पूर्वाधार निर्माण कम्पनीहरूको पहिलो रोजाइ बनेको छ।

कम्पनीले उपकरणको दीर्घकालीन मूल्य वृद्धि गर्ने, स्वामित्वसँग सम्बन्धित जोखिम घटाउने तथा नयाँ उद्यमीलाई निर्माण उपकरणमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित जेसीबी थ्री डीएक्स सुपर ‘बाइ ब्याक ग्यारेन्टी’ योजना देशभरका अधिकृत एमएडब्ल्यू जेसीबी डिलरमार्फत उपलब्ध गराइएको जनाएको छ।