• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

सरकारको दुई तिहाइको दम्ब सकियो : यादव



काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्व सरकारको दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष यादवले भने, ‘हिजोसम्म सरकारको दुई तिहाईको दम्भ थियो, त्यो आजदेखि समाप्त भयो ।’ साथै सरकारमा कम्युनिस्ट बाहेक अरु पनि छन् भन्ने पनि अन्त्य भएको उनले बताए ।

संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पनि उनले बताए । ‘हामीले पटकपटक भन्यौं, । पार्टीको प्रतिनिधिमण्डल बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौं,’ उनले भन भने, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन बर नीति, बजेट निर्माण, कानून बनाउँदा कुनै सहकार्य भएन । एकलौटी निर्णय गर्दै गर्दै जाुनभयो ।’

आफूले संविधानमा भएको त्रृटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेको भन्दै उनले सरकारमा के गरी बस्ने भन्ने प्रश्न गरे ।