१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मादीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन



अ+ अ-

काठमाडाैँ । तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण परियोजना कार्यान्वयन प्रारम्भ गरेको छ ।

परियोजनाअन्तर्गत मत्स्य ह्याचरी सञ्चालन र मादी नदी मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र निर्माणको तयारी थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले राससलाई जानकारी दिए।

आयोजनाअन्तर्गत मादी नदीमा प्रस्तावित मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र कार्यान्वयनको तयारी पनि प्रारम्भ भएको छ ।

दुवै आयोजनाबारे तनहुँ हाइड्रोपावर लिमिटेड, वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकका राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ परामर्शदाता तथा एडिबीका जलविद्युत् परामर्शदाताबीच योजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको भण्डारीले जानकारी दिए।