१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासमा नेतृत्वको सोँच अनुसार संयन्त्रले काम गरेन : उपाध्यक्ष ढकाल



अ+ अ-


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेश गरेसँगै देश विकासका आयोजनाहरुलाई अघि बढाउन राजनीतिक नेतृत्व जागरुक र उत्सुक देखिएको बताउनुभएको छ ।


उहाँले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुमा आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले भन्दा प्रतिश्पर्धा देखिएको छ र यो सकारात्मक हो भन्नुभयो ।


बुटबलामा आज आयोजित बुटबल व्यापार मेलामा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दैै उहाँले भन्नुभयो– तीन तहको सरकार बनेपछि यी सरकारहरुमा आफ्ना प्रदेश र क्षेत्रमा लगानी भित्र्याउने र विकास निर्माणका कामहरु गर्ने भावना जागेको मैले पाएकोछु तर त्यसलाई गतिदिन सरकारी संयन्त्रको पुरानै मानसिकता बाधक देखिन्छ ।


देशमा स्थीर सरकारसँगै विस्तारै लगानीको वातावरण बनेको देखिए पनि यही पुरानै माइन्ट सेटका कारण व्यावसायका लागि सोचेजस्तो सहज वातावरण बन्न नसकेको गुनासो देशैभरका व्यावसायीहरुको बढेको उहाँले बताउनुभयो ।


उहाँले नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले यससँगको सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताउनुभयो ।


उपाध्यक्ष ढकालले सरकारले कर तथा आर्थिक क्षेत्रका विषयमा नीति नियम तथा कानुन निर्माण गर्दा निजी क्षेत्रसँगको परामर्श र सहकार्यबाट गर्न सकिएमा कार्यान्वयनमा सजिलो पर्ने र यसबाट परिणाम पनि राम्रो निस्कने धारणा राख्नुभयो ।


स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवहरुमा स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पुर्याउने विषयमा ध्यान दिन व्यवसायीहरुलाई उहाँले सुझाव दिनुभयो ।


उहाँले भन्नुभयो– म व्यवसायी मित्रहरुलाई यो आग्रह गर्न चाहन्छु कि यस्ता स्थानीय स्तरका मेला महोत्सवहरुले स्थानीय उत्पादनलाई उत्प्रेरित गर्ने र आगामी दिनमा यही क्षेत्रमा उद्यमशिलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्नुपर्दछ ।


नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा बसेको र आफै पनि एकजना उद्यमी तथा बैंकरका हैसियतमा उहाँले महासंघले नेपालका समग्र व्यवसायीहरुका समस्याको समाधान गर्न र व्यावसायिक हक हितको संरक्षण गर्न कुनै कसर बाँकी नराखी काम गर्ने विश्वास पनि दिलाउनुभयो ।