१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित

मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
अ अ+ अ-

जेनेभा। इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भन्नुभयो,“जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए ।”

करिब एक लाख बीस हजार मानिसहरू सरकारद्वारा तोकिएका सामूहिक शरणस्थलमा बसिरहेका छन्, जबकि अरू आफन्त तथा साथीहरूसँग बसिरहेका छन् वा सुरक्षित बसोबास खोजिरहेका छन् ।

लेबनान यस युद्धमा तब प्रवेश ग¥यो, जब इरान समर्थित हिजÞबुल्लाहले इजरायलमाथि हमला ग¥यो, जुन अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइको हत्या पछि भएको थियो ।

लेबनानका अधिकारीहरूले मार्च २ देखि भएको हमलामा कम्तीमा चार सय ६६ मानिसको मृत्यु र एक हजार तीन सय १३ घाइते भएको जानकारी दिएका छन्, जसमा ८४ बालबालिकाहरू पनि छन् । धेरै विस्थापित मानिसहरू बीरुत, माउन्ट लेबनान, उत्तर जिल्ला, बेक्का उपत्यका र छिमेकी सिरियामा सुरक्षित स्थान खोजिरहेका छन् ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले भनेको छ, “द्रुत र निरन्तर अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक छ, ताकि लेबनन सरकारले उत्पन्न आवश्यकतामा सहयोग पाउन सकोस् । हरेक दिन जारी रहँदा सयौं हजार नागरिकहरू अझ बढी पीडा भोगिरहेका छन् र लेबनन तथा क्षेत्र अझ अस्थिर हुँदैछ ।” (रासस/एएफपी)