१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

केन्यामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

केन्यामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते
अ अ+ अ-

केन्या। पश्चिम केन्यामा सोमबार राति भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीले मङ्गलबार यस जानकारी पुष्टि गरेको छ ।

दुर्घटना स्थानीय समय अनुसार राति करिब ९ः४५ बजे वेबुये–किटाले राजमार्गको मलाहा क्षेत्रमा भएको थियो । प्रारम्भिक रिपोर्ट अनुसार दुई मोटरसाइकल चालक एकअर्कासँग ठोकिँदा दुवैको घटनास्थलमै मृत्यु भयो ।

त्यसबेलामा घटनास्थलमा सहायता गर्न भेला भएका पैदलयात्रीमाथि किटालेबाट वेबुये तर्फ आउँदै गरेको ट्रक नियन्त्रण गुमाउँदै ठक्कर दियो, जसका कारण १० जनाको तत्काल मृत्यु भयो ।

अस्पतालमा उपचारका क्रममा थप चार घाइतेको मृत्यु भएपछि मृत्यु सङ्ख्या १४ पुगेको छ । अहिले १६ घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।

केन्यामा सडक दुर्घटना एक ठूलो चुनौतीको रूपमा रहँदै आएको छ । राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरण लगायत सम्बन्धित निकायहरूले सुरक्षा उपाय लागू गर्दै आएका भए पनि हालका वर्षहरूमा वार्षिक मृत्युको सङ्ख्या चार हजार ३०० भन्दा बढी रहेको छ । (रासस/सिन्ह्वा)