१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

इरान आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार : विदेशमन्त्री

इरान आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार : विदेशमन्त्री
तस्बिर : एपी
अ अ+ अ-

तेहरान। इरानका विदेशमन्त्री सईद अब्बास अराघ्चीले ईरान पश्चिम एशियामा रहेका अमेरिकी र इजरायली सैन्य ठिकानामाथि मिसाइल आक्रमण आवश्यकतानुसार निरन्तर जारी राख्न पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।

अमेरिकी–इजरायली पक्षले ईरानका मिसाइल प्रतिष्ठानमाथि गरेको आक्रमणले ईरानको प्रतिकार रोक्न असफल भएको अराघ्चीले बताउनुभयो ।

अराघ्चीले टिप्पणी गरे कि संयुक्त राज्य अमेरिका र इजरायलसँग कुनै ‘व्यावहारिक अन्त्य योजना’ छैन र उनीहरूले अन्धाधुन्ध हमला गर्दै आवासीय क्षेत्र, अस्पताल, विद्यालय र पूर्वाधारलाई लक्षित गरिरहेको उल्लेख गर्दै यसलाई निकै खतरनाक कदमको रूपमा मूल्याङ्कन गर्नुभयो ।

नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनीको चयनले ईरानको अमेरिकी–इजरायल विरोधी नीतिको निरन्तरता र देशको स्थिरता देखाएको अराघ्चीले बताउनुभयो । उहाँले अमेरिकी पक्षसँग पुनः वार्ता गर्ने विकल्प अब ईरानको एजेन्डामा नरहेको र विगतका कडुवा अनुभवका कारण वार्ता पुनः सुरु गर्न नचाहेको पनि बताउनुभयो ।

अराघ्चीले विश्व ऊर्जा मूल्य वृद्धिलाई अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तेल उत्पादन र ढुवानीमा आएको अवरोधसँग जोडेर व्याख्या गर्नुभयो , तर उहाँले ईरानले होर्मुज जलडमरूमध्य बन्द गरेको छैन र जहाजहरूले सामान्य रूपमा नेभिगेशन गर्न सक्ने अवस्था कायम रहेको स्पष्ट पार्नुभयो ।

फेब्रुअरी २८ मा, इजरायल र अमेरिकाले तेहरान र अन्य ईरानी शहरहरूमा संयुक्त आक्रमण गरेर ईरानका सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ सैन्य कमाण्डर र नागरिकहरूलाई मार्दा ईरानले आफ्नो मिसाइल र ड्रोन प्रणालीमार्फत तुरुन्तै प्रतिकार गरेको थियो । यस द्वन्द्वले मध्यपूर्वमा सुरक्षा संकट उत्पन्न गरेको छ र होर्मुज जलडमरूमध्यमा ढुवानी जोखिमका कारण विश्व तेल आपूर्ति र ऊर्जा बजारमा ठूलो असर परेको छ ।

अराघ्चीका यी टिप्पणीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता भनेका ‘संयुक्त अमेरिकी–इजरायली आक्रमण चाँडै अन्त्य हुने’ दाबीबीच आएका हुन्, जसले द्वन्द्वको तातो स्थिति अझ स्पष्ट बनाएको छ । (रासस/एएफपी)