१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जोनाथनको ह्याट्रिकसँगै लिगको मच्छिन्द्र शिर्ष स्थानमा

जोनाथनको ह्याट्रिकसँगै लिगको मच्छिन्द्र शिर्ष स्थानमा
अ अ+ अ-

काठमाडौँ। जोनाथन इडवार्डोको ह्याट्रिक प्रेरणामा मच्छिन्द्र क्लव जारी राष्ट्रिय लिगमा सातौं जितसँगै लिगमा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दोस्रो खेलमा मच्छिन्द्रले लिगकै सबैभन्दा कमजोर टोली नव जनजागृति क्लवलाई ४–० ले सहजै हरायो ।

मच्छिन्द्रको जितमा जोनाथनले ह्याट्रिक पूरा गरे । रेजिन सुब्बाले एक गोल थपे । यो जितसँगै मच्छिन्द्र शिर्ष स्थानमा उक्लियो । ९ खेलबाट मच्छिन्द्रले २२ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।

जुन दोस्रो स्थानमा एपिएफको भन्दा एक अंकले कम हो । मच्छिन्द्रले पूर्ण रूपमा बल आफ्नो नियन्त्रणमा राखेर खेल्यो । पहिलो हाफमा मच्छिन्द्रले एक गोल मात्र गोल गरेको थियो । तर, दोस्रो हाफमा भने मच्छिन्द्र आक्रामक बन्यो र तीन गोल थप्यो । मच्छिन्द्रले खेलको ११औं मिनेटमा जोनाथन इडवार्डोको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफमा मच्छिन्द्र १–० ले अगाडि रह्यो । ५० औं मिनेटमा जोनाथनले पेनाल्टी गोलबाट अग्रता दोब्बर बनाए । मच्छिन्द्र ६२ औं मिनेटमा ३–० ले अगाडि बढ्यो । रेजिन सुब्बाले तेस्रो गोल गरेका हुन् ।

८१ औं मिनेटमा जोनाथानले ह्याट्रिक पूरा गरे । एलिक श्रेष्ठले नजिकैबाट गरेको प्रहार नव जनजागृति क्लवका गोलकिपर खोमबहादुर श्रेष्ठले खुट्टाले रोके । त्यो बल डिफ्लेक्ट भएर जोनाथनको खुट्टामा पुग्यो ।

उनले त्यो बललाई वान टचमार्पmत जाली चुमाए । ८७ औं मिनेटमा मच्छिन्द्रका सौरभ लिम्बूले खाली पोस्ट गोल गर्न चुके । नव जनजागृतिका डिफेन्डर र गोलकिपर खोमबहादुर नै बिट भएको अवस्थामा पाएको बललाई सौरभ खाली पोस्टमा जाली चुमाउन चुके ।

उनको वान टच सट पहिलो बार हुँदै बाहिरिन पुथ्यो । एक मिनेटपछि नै जोनाथनले गोल मच्छिन्द्रको पाँचौं गोल गरे । तर, त्यो गोल अफसाइड घोषित भयो र मच्छिन्द्रले ४–० को जित निकाल्यो ।

यससँगै नव जनजागृतिले नवौं खेलमा पनि हार बेहो¥यो । लिगको पुछारको टोली नव जनजागृतिले अंक खाता खोल्न सकेको छैन । त्यसअघि दिनको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले जित निकाल्यो ।

मनाङले एन्फा कम्प्लेक्समा नै भएको खेलमा चित्लाङ एफसीमाथि २–० नतिजा निकालेको हो । मनाङका लागि सिरब लो तामाङ र सुमित मल्लले गोल गरे । यो जितपछि मनाङले १० खेलबाट १२ अंक छ ।

मनाङ आठौं स्थानमा उक्लिएको छ । चित्लाङको दशौं खेलमा यो पाँचौं हार हो । सात अंकसहित चित्लाङ १३औं स्थानमा छ ।—न्युज एजेन्सी नेपाल