२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह



अ+ अ-

काठमाडौँ।  गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ ।

अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुग्नुभएका सचिव श्रेष्ठले स्थानीय तहलाई जिम्मेवार बनाई स्रोतसाधनको व्यवस्था र प्राविधिक सहयोग भने प्रदेश र सङ्घ सरकारले गर्नुपर्ने धारणा राख्नुभयो ।

गत साता सम्पन्न निर्वाचनका सन्दर्भमा मौसम कस्तो होला भन्ने जिज्ञासा रहिरहेका बेला जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले सहयोग गरेको दृष्टान्त राख्दै सचिव श्रेष्ठले पूर्वानुमानको विश्वसनियताको जगमा पूर्वतयारी र प्रतिकार्यलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्टले प्राधिकरणले सम्पादन गरिरहेका कार्यहरू, चुनौती एवं मन्त्रालयबाट गरिएका अपेक्षाहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

त्यसक्रममा सचिव श्रेष्ठले प्राधिकरणद्वारा तयार पारिएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन हाते पुस्तिका’को विमोचन पनि गर्नुभयो ।