६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु

छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
अ+ अ-

काठमाडाैँ । कोभिड–१९ महामारीका कारण सन् २०२० देखि बन्द रहेको चीन र उत्तर कोरियाबीचको अन्तर्राष्ट्रिय प्यासेन्जर रेल सेवा छ वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । ट्राभल अपरेटरहरूका अनुसार यो सेवा बिहीबारदेखि फेरि सुरु हुने तयारी गरिएको छ ।

बेइजिङ र डान्डोङस्थित आधिकारिक टिकट बुथसँग काम गर्ने ट्राभल एजेन्टहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्रारम्भिक चरणमा यो रेल सेवा उत्तर कोरियामा काम गर्ने वा अध्ययन गर्ने चिनियाँ नागरिक तथा विदेशमा काम, अध्ययन वा परिवार भेटघाटका लागि आवतजावत गर्ने उत्तर कोरियालीहरूका लागि खुला हुनेछ ।

यद्यपि हालका लागि पर्यटकहरूलाई भने टिकट खरिद गर्ने अनुमति दिइने छैन । उत्तर कोरियाको यात्रासम्बन्धी सेवा प्रदान गर्ने कम्पनी यङ पायोनियर टुरका टुर म्यानेजर रोवान बियर्डले रेल सेवा पुनः सुरु हुनु सकारात्मक सङ्केत भएको बताए ।उनले अन्तर्राष्ट्रिय रेल सेवा फेरि सञ्चालनमा आउनु स्वागतयोग्य भएको बताए ।उनका अनुसार उत्तर कोरियाको भ्रमण व्यवस्थापनमा विशेषज्ञता राख्ने धेरै कम्पनीमध्ये आफ्नो कम्पनीले पनि बिहीबारदेखि चल्ने रेलका टिकट बुकिङ गर्न सक्नेछ ।

उनले सुरुआती चरणमा सेवा पर्यटकका लागि लक्षित नभए पनि भविष्यमा उत्तर कोरियाको पर्यटन गतिविधि पुनः खुला भएपछि यो रेल यात्रा अर्को महत्त्वपूर्ण विकल्प बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार यसले उडान सेवाको विकल्पका रूपमा यात्रुहरूलाई थप सुविधा दिनेछ ।कोभिड–१९ महामारी फैलिन थालेपछि उत्तर कोरियाले कडा नियन्त्रण नीति अपनाउँदै सन् २०२० मा सीमापार यात्रा लगभग पूर्ण रूपमा रोकिएको थियो । त्यसै क्रममा चीन र उत्तर कोरियाबीचको रेल यात्रा पनि स्थगित गरिएको थियो ।

पछिल्लो समय भने उत्तर कोरियाले केही अन्तर्राष्ट्रिय आवागमन क्रमशः पुनः सुरु गर्दै आएको छ । गत वर्ष उत्तर कोरिया र रुसबीच प्रत्यक्ष उडान तथा रेल सेवा पुनः सञ्चालनमा ल्याइएको थियो ।विशेष गरी युक्रेन युद्ध सुरु भएपछि मस्को र प्योङयाङबीच सम्बन्ध थप नजिकिँदै गएको पृष्ठभूमिमा ती यातायात सेवाहरू पुनः सुरु गरिएको बताइएको छ