९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

प्रेस काउन्सिललाई पत्रकार महासंघले भन्योः महिलाद्वारा सञ्चालित मिडिया वर्गीकरणलाई प्राथमिकता दिइयोस्

प्रेस काउन्सिललाई पत्रकार महासंघले भन्योः महिलाद्वारा सञ्चालित मिडिया वर्गीकरणलाई प्राथमिकता दिइयोस्
अ अ+ अ-

काठमाडाैँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारहरूले संचालन गरेका मिडियाहरूलाई वर्गीकरणमा प्राथमिकता दिन प्रेस काउन्सिल नेपालसँग आग्रह गरेकी छन् ।

मंगलवार काठमाडौँमा आयोजित पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेकी हुन्।

अध्यक्ष शर्माले नीति निर्माणको तहमा लैंगिकमैत्री दृष्टिकोण राख्नेहरू भए मात्रै महिला पत्रकारमैत्री वातावरण बन्नसक्ने अवस्था रहेको समेत बताइन् । उनले महिला पत्रकारहरू सुरक्षित इकोसिष्टका लागि उनीहरुको घरबाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औँल्याइन् ।

महिला पत्रकारहरूलाई काम गर्ने वातावरण बनाउने काममा उनीहरूको घरले विशेष भुमिका खेल्नुपर्ने अध्यक्ष शर्माको भनाइ थियो । नेपालको पत्रकारितामा डिजिटल प्लेटफर्मको विकास भएको उल्लेख गर्दै उनले सञ्चारकर्मीहरूलाई सोहीअनुसार तालिमको व्यवस्था गर्ने काममा पनि विशेष जोड दिनुपर्ने बताइन् ।

त्यस अवसरमा अध्यक्ष शर्माले नेपालमा पुरुष भन्दा पनि महिला पत्रकारहरू क्षमतावान भएको दाबी समेत गरिन्।