९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

हार प्राविधिक मात्र हो, ‘उज्यालो नेपाल’ अभियान रोकिन्न : कुलमान घिसिङ

हार प्राविधिक मात्र हो, ‘उज्यालो नेपाल’ अभियान रोकिन्न : कुलमान घिसिङ
अ अ+ अ-

काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले  सामाजिक सञ्जालमार्फत हालै सम्पन्न निर्वाचनमा आफू नेतृत्वसँग जोडिएको उज्यालो नेपाल पार्टी लाई माया, विश्वास र आशा राख्दै मतदान गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको ‘जेन–जी विद्रोह’ पछि भएको चुनावमा नयाँ शक्तिको रूपमा पार्टीलाई साथ दिने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका हुन् ।

घिसिङले निर्वाचन अभियानमा अहोरात्र खटिएका पार्टीका नेता, कार्यकर्ता तथा सहयोगीहरूलाई विशेष धन्यवाद दिएका छन्। साथै विषम परिस्थितिका बीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्माननीय प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले उक्त चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरको रूपमा उल्लेख गरेका छन्। देशलाई नाराले मात्र नभई स्पष्ट दृष्टिकोण, ठोस योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। लामो समयदेखि निर्णय गर्न नसक्ने र कार्यान्वयन कमजोर हुने प्रणालीका कारण विकास प्रक्रिया अवरुद्ध भएको उनले टिप्पणी गरेका छन्।

घिसिङले विगतमा देशले १८ घण्टासम्मको लोडसेडिङ भोगेको स्मरण गर्दै साहसी निर्णय र दृढ नेतृत्वले त्यो अँध्यारोलाई अन्त्य गर्न सम्भव भएको बताएका छन्। करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको अवस्थाबाट ९९ प्रतिशत घरधुरीसम्म विद्युत् पहुँच विस्तार गरिएको उनले उल्लेख गरेका छन्। साथै नेपाल विद्युत प्राधिकरण लाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ताको दिशामा अघि बढाउने आत्मविश्वास पैदा गरिएको पनि उनको भनाइ छ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमै बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा देखिएको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्‍याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र रहेका विकास आयोजनाहरूको ठेक्का तोड्ने जस्ता काम अघि बढाइएको उनले बताएका छन्।

उनका अनुसार बुढीगण्डकी, माथिल्लो अरुण र किमाथांका अरुणजस्ता ठूला जलविद्युत् आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने विश्वाससहित मोडालिटी तय हुनु पनि महत्वपूर्ण उपलब्धि हो।

चुनावमा काम र परिणाम दिने प्रतिबद्धतासहित पार्टी सहभागी भएको उल्लेख गर्दै घिसिङले लोडसेडिङ अन्त्यजस्ता उपलब्धिबाट जनताको मन जित्न सफल भए पनि यसपटक मतमा जित हासिल गर्न नसकिएको बताएका छन्। तर चुनावी हारलाई उनले ‘प्राविधिक विषय’ मात्र भएको बताएका छन्। छोटो समयमै जनताबाट प्राप्त माया, विश्वास र सद्भावलाई आगामी यात्राका लागि ऊर्जा र मार्गदर्शनका रूपमा लिएको उनको भनाइ छ।

यसैबिच, परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टी लाई प्राप्त भएको भारी जनमतप्रति उनले सम्मान व्यक्त गर्दै जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।

घिसिङले सरकारका राम्रा कामको समर्थन गर्ने र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताएका छन्। साथै चुनावी परिणामबाट निराश नहुने र ‘उज्यालो नेपाल’ निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।