९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

प्रतिनिधिसभा निर्वाचनमा सात जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा निर्वाचनमा सात जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
अ अ+ अ-

काठमाडाैँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका विभिन्न सात जिल्लामा गरी ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँका १० वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका २२६ जना उम्मेदवारले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको हो।

काठमाडौँ क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६ जना उम्मेदवारको जमानत जफत भएको छ। त्यसैगरी क्षेत्र नम्बर २ मा राममणि फुयाँलसहित २५ जना, क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९ जना तथा क्षेत्र नम्बर ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो।

यसैगरी काठमाडौँ क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलसहित २२ जनाको जमानत जफत भएको छ भने क्षेत्र नम्बर ६ मा १७ जना, क्षेत्र नम्बर ७ मा २६ जना, क्षेत्र नम्बर ८ मा २१ जना, क्षेत्र नम्बर ९ मा २२ जना र क्षेत्र नम्बर १० मा २३ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले धरौटीबापत १० हजार रुपैयाँ निर्वाचन कार्यालयमा बुझाएका थिए।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।

यसैगरी कास्कीमा पनि धेरै उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालयलाई उद्धृत गर्दै पोखराबाट प्राप्त जानकारीअनुसार कास्की–१ मा १४ जना, कास्की–२ मा १४ जना र कास्की–३ मा १२ जना उम्मेदवारको धरौटी जफत भएको छ।

दाङमा भने ५१ जना उम्मेदवारको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिएका छन्। उनका अनुसार दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरी, एमालेका उम्मेदवार रेवतीरमण शर्मा तथा स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जना उम्मेदवारको जमानत जफत भएको हो। त्यसैगरी क्षेत्र नम्बर २ मा २० जनाको जमानत जफत भएको छ।

इलाममा पनि १८ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्। दुई निर्वाचन क्षेत्र रहेको इलाममा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत क्षेत्र नम्बर १ मा १३ उम्मेदवारमध्ये आठ जना र क्षेत्र नम्बर २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको हो।

जमानत जफत हुनेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सीकेशरी प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणि साङपाङ, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ र जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार रहेका छन्।

यसैबीच भोजपुरमा सात जना उम्मेदवारको जमानत जफत भएको छ। बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चासहित आठ जना उम्मेदवारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले समेत जमानत जोगाउन नसकेको बताइएको छ।

रूपन्देहीमा १४३ जना उम्मेदवारको जमानत जफत भएको छ भने ललितपुरमा ६३ जना उम्मेदवारको धरौटी जफत भएको स्थानीय निर्वाचन कार्यालयले जनाएको छ। ललितपुरमा जमानत जफत हुनेमध्ये ४० जना राजनीतिक दलका र २३ जना स्वतन्त्र उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिएका छन्।