२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना



अ+ अ-

काठमाडौँ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको ११ः२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४८ लाख एक हजार २७२ मत प्राप्त गरेको छ।

त्यस्तै, नेपाली कांग्रेसले १६ लाख १३ हजार ४७०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १३ लाख ४४ हजार ८५८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख २९ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख ४० हजार ३४०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रसा)ले तीन लाख १४ हजार ५३२ मत प्राप्त गरेको छ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ६४ हजार ४७७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ५९ हजार ६००, जनमत पार्टीले ७२ हजार ७७४ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।