• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक शुरु



सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज बिहान शुरु भएको छ । परिषद्को दोस्रो बैठकको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभयो । बैठकमा परिषद्को पहिलो बैठकको प्रतिबद्धता कार्यान्वयनको समीक्षा भइरहेको छ ।

बैठकको पहिलो दिनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको अन्तरसम्बन्ध र अधिकारका बाँडफाँट, राष्ट्रिय योजना आयोग सदस्य मीनबहादुर शाहीले नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजना र तीनै तहका सरकारबीच योजना निर्माणको समन्वय सम्बन्धमा प्रस्तुति राख्नुहुने कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको प्रथम आवधिक योजना र योजना आयोगले गरेका काम कारवाहीका सम्बन्धमा आफ्नो प्रस्तुति राख्नुहुनेछ । कर्णाली प्रदेशको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रदेश सरकारको कार्यसम्पादनसम्बन्धी विषयमा प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद नेपालले चालू आवको बजेट कार्यान्वयन तथा वित्त हस्तान्तरणसम्बन्धी, १२ राष्ट्रिय जनगणनासम्बन्धी केन्द्रीय तथ्याङ्क विभागका तर्फबाट, प्रदेश सरकार र स्थानीय तहको क्षमता विकाससम्बन्धी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका तर्फबाट कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकको दोस्रो दिनमा यहाँका जिल्ला समन्वय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले साझा अधिकारको प्रयोग, योजना व्यवस्थापनमा रणनीतिक तयारी, प्राकृतिक स्रोतको उपयोग र बाँडफाँट सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहबीच नीतिगत सामञ्जस्यताका विषयमा पाँच÷पाँच मिनेटको आफ्नो धारणा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय तथा प्रदेश योजना आयोगका पदाधिकारी तथा सदस्य, विज्ञ, कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति, २५ नगरपालिकाका र ५४ गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, कर्णाली प्रदेश सरकारका सचिव र सबै स्थानीय तहका आमन्त्रित प्रमुख प्रशासकीय अधिकृत गरी ३०० को सहभागिता छ । बैठक दुई दिनसम्म सञ्चालन हुनेछ ।