२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की



अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज आयोजित कार्यक्रममा उहाँले प्रतिकूल परिस्थितिका बाबजुद प्राप्त जिम्मेवारीमा केन्द्रित रहेर निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमान्दारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवं दृढ अनुशासन आवश्यक रहेको बताउनुभयो ।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि निर्वाचन सुरक्षा उत्कृष्ट ढङ्गले पूरा गरेकामा सशस्त्र प्रहरीका कर्मचारी तथा मातहत एकाइहरुलाई धन्यवाद दिनुभएको छ ।

सशस्त्र प्रहरी मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचनलाई भयरहित वातावरणमा उत्कृष्ट ढङ्गले पूरा गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीप्रति आभार प्रकट गर्नुभयो । रासस