१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्सल आर्टस र आर्चरी टोली चीन जाने



अ+ अ-

काठमाडौँ। विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन मार्सल आर्टस र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) टोली भोलि चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।

चीन प्रस्थान गर्ने छ सदस्यीय टोलीमा राजीव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शङ्कर भुजेल, उमेश महर्जन र राज महर्जन रहेका छन् ।

कुन्मिङमा रहँदा टोलीले चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्टस र प्राचीन धनुर्विद्याका प्रशिक्षण लिनेछन् ।

टोलीलाई काठमाडौँ जेनजी ट्रेडिसनल आर्चरी सङ्घका अध्यक्ष तथा नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाहले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।