१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन
अ अ+ अ-

अङ्कारा। वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक बाहेकका कर्मचारीहरूलाई त्यहाँबाट बाहिर जान सल्लाह दिएको अङ्कारास्थित अमेरिकी दूतावासले सोमबार जानकारी गराएको छ।

वाशिङ्टनले अमेरिकी नागरिकहरूलाई पनि ‘दक्षिणपूर्वी टर्कीए’ छोड्न आदेश दिएको दूतावासले जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमण सुरु भएयता इरानले त्यसको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ ।

टर्कीएका कैयौँ सैनिक शिविरमा अमेरिकी सेना तैनाथ भए पनि अहिलेसम्म यहाँ आक्रमण भएको छैन ।

अदाना शहरबाट केवल १० किलोमिटर टाढा रहेको इन्सर्लिक हवाइ अड्डामा नेटो सेनाका लागि महत्त्वपूर्ण सुविधा रहेको छ र यो दशकौँदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ जुन अदाना शहरबाट केवल १० किलोमिटर टाढा छ ।

“विदेश मन्त्रालयले गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी र अमेरिकी सरकारी कर्मचारी परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमको कारण सन् २०२६ मार्च ९ पछि वाणिज्य दूतावास छोड्न आदेश दिएको छ,“ दूतावासले एक्समा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले यात्रा सुझाबलाई उद्धृत गर्दै भनेको छ, “दक्षिणपूर्वी टर्कीमा अमेरिकीहरूलाई उक्त क्षेत्रबाट बाहिर निस्कन सूचना जारी गरिएको छ।”

बुधबार नेटोका सैनिकहरूले इरानबाट टर्कीतर्फ जाँदै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेका थिए ।

त्यसपछि नेटोले इरानले यस क्षेत्रमा आक्रमण बढाएसँगै उसले आफ्नो ‘ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली’ लाई बलियो बनाएको बताएको छ ।

अङ्कारास्थित टर्कीएको रक्षा मन्त्रालयले नेटोको रक्षा प्रणालीले इरानबाट प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्रलाई रोकेको र निष्क्रिय पारेको बताएको छ ।

स्पेनका रक्षामन्त्री मार्गरिटा रोबल्सले इन्सर्लिकमा रहेको प्याट्रियट क्षेप्यास्त्रको ब्याट्री प्रयोग गरिरहेको स्पेनी सैनिकले उक्त क्षेप्यास्त्र देखेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “उनीहरूले ‘मिसाइल आक्रमण भएको पहिचान गरेका र यसबारे जानकारी गराएका थिए । यद्यपि उनीहरूले यसलाई गोली हानेका थिएनन्।”  (रासस/एएफपी)