९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिममा १२ मध्ये नौ उम्मेदवारको जमानत जफत



अ+ अ-

काठमाडाैँ । रुकुम पश्चिमका १२ मध्ये नौ उम्मेदवारको जमानत जफत भएको छ ।

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेवादरको धरौटी जफत भएको हो । कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेदवारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन्।

जिल्लामा ६२ हजार ९६७ मत खसेकामा कूल ५९ हजार ५२३ मत सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत (धरौटी) जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेकपा (एमाले) का नन्दराम देवकोटा, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा (संयुक्त) का शेरबहादुर केसी, आम जनता पार्टीकी प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर किक रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले) का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८, राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त) का केसीले ५४, आमजनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका विकिले १५ मत प्राप्त गरेका थिए ।

रुकुम पश्चिमबाट विजयी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्माले २१ हजार ६०९, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६६१ र प्रगतिशिल लोकतान्त्रिक पार्टी उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याउनुभएको थियो । निर्वाचन ऐनको दफा ७) (१) अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले रु १० हजार धरौटी राख्नुपर्ने व्यवस्था छ ।




भर्खरै