४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ : मुख्यमन्त्री पौडेल
अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधैँको समस्या भएको छ”, पौडेलले भन्नुभयो ।

ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उहाँको धारणा थियो । उहाँले परिणाम नआउने खालका काम गर्न नहुने बताउनुभयो ।

आज प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन भन्ने पुरानो भनाइलाई प्रविधिले उल्ट्याएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रविधिका कारण विपद् आउन सक्ने अवस्थाका बारेमा पूर्वजानकारी प्राप्त गर्न सकिने हुँदा त्यसको तयारी र व्यवस्थापनमा समेत सचेत हुन जरुरी रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनका लागि आवश्यक र प्रभावकारी सूचना प्रविधिका उपकरण जडान गरिनुपर्ने उहाँको भनाइ थियो । विपद् व्यवस्थापनमा राज्यका तीनै तहका सरकार उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिनुभयो । पौडेलले प्रदेश ३ चट्याङ प्रभावित क्षेत्र पनि भएका कारण त्यसबाट हुने क्षति कम गर्न पहल थालिनुपर्ने भनाइ राख्नुभयो ।