९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिकमा तनहुँमा रास्वपा पहिलो



अ+ अ-

काठमाडाैँ । समानुपातिकतर्फ तनहुँमा रास्वपा पहिलो दल बनेको छ । आज बिहान सम्पन्न मतपरिणामअनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको हो । तनहुँमा रास्वपाले ६९ हजार १३२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार नेपाली कांग्रेसले २७ हजार ४३९, नेकपा (एमाले) ले १५ हजार ९४०, नेपाली कम्युनिष्ट पार्टीले चार हजार ६४८, राप्रपाले तीन हजार ६७, श्रम संस्कृति पार्टीले दुई हजार ७४२, मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेको छ ।

त्यसमध्ये तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाले ३८ हजार ८०७, नेपाली कांग्रेसले १५ हजार १७२, नेकपा (एमाले) ले पाँच हजार ९६०, नेपाली कम्युनिष्ट पार्टीले दुई हजार ८४८, राप्रपाले एक हजार ७७६, श्रम संस्कृति पार्टीले एक हजार ५३२, मङ्गोल नेसनल अर्गनाइजेसनले २६७ मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर २ तर्फ रास्वपाले ३० हजार ३२५, नेपाली कांग्रेसले १२ हजार २६७, नेकपा (एमाले) ले नौ हजार ९८०, नेपाली कम्युनिष्ट पार्टीले एक हजार ८००, राप्रपाले एक हजार २९९, श्रम संस्कृति पार्टीले एक हजार २१०, मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेको छ ।




भर्खरै