९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

हामी ढलेका मात्र हौं, मरेका होइनौं : योगेश भट्टराई

हामी ढलेका मात्र हौं, मरेका होइनौं : योगेश भट्टराई
अ अ+ अ-

काठमाडौं।नेकपा एमालेका नेता योगेश भट्टराईकोले पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र आत्मसमिक्षा गर्दै खुला छलफल आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सही नीति, संगठन, नेतृत्व र कार्यशैलीमार्फत पार्टी पुनः उठ्न सक्ने विश्वास व्यक्त गरेका छन्।

भट्टराईले पछिल्ला तीन दिनमा करिब एक हजारभन्दा बढी पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग फोन र सन्देशमार्फत संवाद भएको बताएका छन्। ती संवादहरूमा सुझाव, टिप्पणी, विरोध, आक्रोश, निराशा, सम्भावना, उपाय र दृढतासहित विभिन्न धारणा आएको उनले उल्लेख गरेका छन्।

उनले निर्वाचनमार्फत जनताले आफ्नो मतद्वारा पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको स्वीकार गर्दै त्यसलाई वर्तमान यथार्थका रूपमा लिनुपर्ने बताएका छन्। उनले पार्टीभित्र व्यापक रूपान्तरणमार्फत जनसमर्थन पुनः प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्।

भट्टराईका अनुसार भाद्र २३ र २४ पछि पार्टीले लिएका कतिपय नीतिहरू ठीक नभएको भन्दै आफूहरूले नेतृत्व र पार्टी पंक्तिलाई बैठक, भेटघाट तथा महाधिवेशनमार्फत पटक–पटक सच्याउन आग्रह गरे पनि सफल हुन नसकेको बताएका छन्। अब ती विषयमा पुनः छलफल र बहस आवश्यक रहेको उनको भनाइ छ।

विशेषगरी केन्द्रीय समिति र केन्द्रीय सचिवालयले सफलता वा असफलताको भार बोक्नुपर्ने उनको धारणा छ।

भट्टराईले विगतका गुटगत घेराबाट बाहिर निस्केर खुला र स्पष्ट छलफलमा सहभागी हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। साथै पार्टी, जनसंगठन र विदेशमा रहेका समितिहरूका सदस्यहरूलाई आफ्ना सुझाव पार्टी नेतृत्वसमक्ष पठाउन आग्रह गरेका छन्।

“कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं,” भन्दै उनले संयम र धैर्यताका साथ पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन, आत्मसमिक्षाको बाटोमा अघि बढ्न आग्रह गरेका छन्।

साथै उनले बुद्धिजीवी र आम नागरिकलाई पनि एमालेबारे आफ्ना सुझाव, आलोचना र टिप्पणीहरू दिन अपिल गरेका छन्।

उनले राष्ट्रिय एकता, नेपाली सार्वभौमिकताको रक्षा तथा बाम–लोकतान्त्रिक विचारधाराको संरक्षणलाई साझा राष्ट्रिय जिम्मेवारीका रूपमा उल्लेख गर्दै सकारात्मक राजनीतिक सहकार्यका लागि सबैलाई आह्वान गरेका छन्।