९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

म्याग्दीमा करिब सात प्रतिशत मत बदर
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधीसभा सदस्य निर्वाचनअन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार १७६ र समानुपातिकतर्फ एक हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७९ मा भएको निर्वाचनको तुलनामा यस वर्ष दुई वटै प्रणालीको मत बदरको दर बढेको हो ।

यही फागुन २१ गते बिहिबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४६ हजार ३३६ मत खसेकोमा ४३ हजार १६० मत सदर भएको थियो । समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेकोमा ४५ हजार ९०६ मत सदर भएको जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले बताए ।

विसं २०७९ मा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ४९ हजार ६९९ मत खसेकामा चार दशमलव दुई प्रतिशत अथवा दुई हजार ८५ मत बदर र ४७ हजार ६१४ मत सदर भएको थियो ।

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ ५० हजार ३७८ मत खसेकामा पाँच दशमलव २५ प्रतिशत अथवा दुई हजार ६४६ मत बदर र ४७ हजार ७३२ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीको अभिलेखमा उल्लेख छ ।

मत बदरको दर बढ्नुमा मतदाता शिक्षाको कमी प्रमुख कारण देखिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले ४५ वटै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी बन्न नसकेको पाइएको छ ।

राजनीतिक दलका नेता कार्यकर्ता र उमेद्वारका समर्थकहरूले पनि मतदाता शिक्षामा ध्यान दिन नसक्दा मत बदरको दर बढेको हो । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्नेजस्ता कारणले मत बदर भएको निर्वाचन अधिकारी गौतमले बताए। ८६ हजार ३९७ मतदाता रहेकोमा ५४ प्रतिशत मत खसेको थियो ।