५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी लेबनानमा इजरायली आक्रमण र झडपपछि मृत्यु हुनेको संख्या ४१ पुग्यो



अ+ अ-

काठमाडाैँ । पूर्वी लेबनानको नाबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ । अन्य ४० जना घाइते भएका छन् । जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक विज्ञप्तिमा जनाएअनुसार बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण यी हताहती भएका हुन् ।

स्थानीय बासिन्दाहरू पनि इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरूसँग सामेल भएका थिए । इजरायली लडाकु विमान र हेलिकप्टरहरूले पछि गाउँ र वरपरका क्षेत्रमा करिव ४० हवाई आक्रमण गरेका थिए । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले सोमबार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो । यो उक्त समूहको पहिलो यस्तो आक्रमण थियो ।

त्यसयता इजरायलले हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ शुरु गरेको छ । लिटानी नदीको दक्षिण र बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरू खाली गर्न चेतावनी दिएको छ ।




भर्खरै