९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

भोजपुरमा बदर मत न्यून

भोजपुरमा बदर मत न्यून
अ अ+ अ-

भोजपुर। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन् ।

प्रत्यक्षतर्फ खसेको कूल ५७ हजार ५९९ मतमध्ये तीन हजार ८७१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो सङ्ख्या कूल मतको ६ दशमलव ७२ प्रतिशत हो ।बदर भएका मतमध्ये एकभन्दा बढी चुनाव चिन्हमा मत सङ्केत गरिएको सङ्ख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतिपय मतदाता मतदान प्रक्रिया राम्रोसँग नबुझेर नभइ जानाजान पनि मत बदर गरिएको जस्तो देखिएको छ । एक भन्दा बढी चिन्हमा सङ्केत गरेको मत कोटाभित्र स्पष्ट रुपमा लगाइएको पाइएको उहाँको भनाइ छ । निर्वाचन प्रक्रियाबारे जानकारी नभएर ल्याप्चे लगाउने जस्ता मत भने तुलनात्मक रूपमा न्यून रहेको उहाँले बताउनुभयो ।

जिल्लामा कूल एक लाख २५ हजार ७६६ मतदाता रहेका थिए । समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले त्यसतर्फ बदर भएको मतको विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनमा ध्रुवराज राई (श्रम संस्कृति पार्टी) १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी शेरधन राई (नेकपा एमाले) ले १४ हजार ७५० मत प्राप्त गर्नुभएको थियो ।रासस