१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अरब लिगका सदस्य राष्ट्रमाथिको इरानी आक्रमण ‘लापरबाहीपूर्ण’

अरब लिगका सदस्य राष्ट्रमाथिको इरानी आक्रमण ‘लापरबाहीपूर्ण’
सन्दर्भ तस्बिर
अ अ+ अ-

काएरो। अरब लिगले सदस्य राष्ट्रहरूमा इरानले गरेको आक्रमण गलत रहेको बताएको छ ।

अरब लिगका महासचिव अहमद अबुल घेइतले आइतबार इरानले धेरै सदस्य राष्ट्रहरूमाथि गरेको आक्रमण अविवेकी र ‘लापरबाहीपूर्ण’ भएको बताउनुभएको हो।

उहाँले तेहरानलाई ‘ठूलो रणनीतिक गल्ती’ रोक्न आग्रह गर्नुभएको छ ।

कायरोमा अरब विदेश मन्त्रीहरूको आपतकालीन भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै अहमद अबुल घेइतले भन्नुभयो, “आक्रमणलाई कुनै पनि बहाना वा सन्दर्भमा न्यायोचित ठहराउन सकिदैन र खाडी देशहरूको शान्ति प्रयासको बदलामा इरानले अरब लिगका सदस्य राष्ट्रमाथि ‘विश्वासघाती रकेट र ड्रोन आक्रमण’ गरेको छ।”

इरानले आइतबार पनि खाडी क्षेत्रका विभिन्न मुलुकका भौतिक संरचनामा आक्रमण गरेको थियो । आइतबार कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन ट्याङ्कमा आक्रमण गरिएको छ भने बहराइनमा एक ‘डिसेलिनेसन प्लान्ट’मा क्षति पुर्याइएको छ

तेहरानले आफ्नो छिमेकीहरूविरुद्ध आफ्नो मिसाइल र ड्रोन अभियानलाई दोस्रो हप्तामा पनि उस्तै ‘लापरबाहीपूर्ण’ तरिकाले प्रयोग गर्दै आएको उनीहरूले बताएका छन् ।

कुवेतको गृह मन्त्रालयले आफ्नो राष्ट्रिय कर्तव्य निर्वाह गर्ने क्रममा दुई जना सीमा सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाएको छ ।

अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो हवाई अभियान चलाएपछि तेहरानको प्रतिक्रियाको छिमेकी देशहरूले विरोध गरिरहेका छन् । युद्ध सुरु भएदेखि खाडी राष्ट्रहरूमा १६ जना मारिएका छन्, जसमा आठ जना सर्वसाधारण रहेका छन् ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इस्लामिक गणतन्त्रले आफ्नो भूमि प्रयोग गरी आक्रमण गरेमा इरानले ‘आफ्ना छिमेकीहरुविरुद्ध जवाफ दिन बाध्य हुने’ चेतावनी दिनुभएको छ।

शनिबार राष्ट्रपति पेजेस्कियानले छिमेकी मुलुकहरूका अमेरिकी सैन्य अखडाबाट आक्रमण भएपछि त्यहाँ आक्रमण गर्नुपरेको भन्दै छिमेकी देशसँग माफी माग्नुभएको छ।

खाडी देशहरूले इरानविरुद्धको आक्रमणमा आफ्नो भूमि प्रयोग नभएको बताउँदै आएका छन् । उनीहरूले युद्ध सुरु हुनुअघि उनीहरूले बारम्बार त्यस्तो कदम चाल्न नदिने बताएका थिए।

साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतले दुबई र बहराइनको मनामामा एक दिनअघि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने त्यहाँ नयाँ आक्रमणको चेतावनी जारी गरिएको छ।

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन ट्याङ्कलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको सेनाले जनाएको छ ।

कुवेतको सरकारी समाचार एजेन्सीले विमानस्थलमा लागेको आगलागी नियन्त्रणमा आएको र कुनै खास मानवीय क्षति नभएको जनाएको छ ।

इरानी सेनाले ड्रोन आक्रमणलाई ‘महत्वपूर्ण पूर्वाधारको प्रत्यक्ष निसाना’ भनेको छ।

इरानको एक छुट्टै बयानमा भनिएको छ, “केही नागरिक सुविधाहरू अवरोध गर्नेगरी भएका हवाई आक्रमणपछि भएका प्रतिरोधका क्रममा आकाशमा विस्फोट भएका टुक्रा र भग्नावशेषहरू खस्दा भौतिक क्षति भएको छ।” रासस