५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरद्वारा १९ महिनामा ८० हजारभन्दा बढीलाई निःशुल्क कानूनी सेवा



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले स्थानीय स्तरमा न्याय सम्पादन र कानूनी सहायतालाई प्रभावकारी बनाउँदै लगेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो १९ महिनाको अवधिमा मात्रै ८० हजारभन्दा बढी नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको जानकारी दिएकी हुन्।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले लैङ्गिकमैत्री र समतामा आधारित शहरी व्यवस्थापनका लागि ६ वटा महत्वपूर्ण स्थानीय कानूनहरू तर्जुमा गरी राजपत्रमा समेत प्रकाशन गरिसकेको बताइन् ।

जसमा विवाद निरुपण कार्यविधि २०७५, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८, वडा महिला सञ्जाल कार्यविधि, २०७९, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९ र कानूनी सहायता कार्यविधि, २०८० रहेका छन् ।

महानगरले विवाद निरुपणमा ‘संवेदनशील न्याय र समयमा न्याय’ को सिद्धान्तलाई आत्मसाथ गरेको उनले बताइन् । डंगोलले महानगरमा दर्ता भएका ५० प्रतिशत विवादहरू तीन महिनाभित्रै निरुपण हुने गरेको र थप ४० प्रतिशत विवाद ६ महिनाभित्र समाधान हुने गरेको दाबी गरिन्।

स्थानीय विवादहरू सकेसम्म मेलमिलापबाटै अन्त्य होस् र छरछिमेकीबीच आत्मीयता कायम रहोस् भन्ने उद्देश्यले सबै वडाहरुमा मेलमिलाप केन्द्रहरु सञ्चालनमा ल्याइएको छ ।

केन्द्र र वडा स्तरमा निःशुल्क न्यायिक सहजकर्ताको व्यवस्था गरिनुका साथै विषयविज्ञ कानून व्यवसायीबाट निःशुल्क कानूनी सहायता प्रदान गर्दै आएको छ ।