६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सुडानको बजारमा ड्रोन आक्रमण, ३३ जनाको मृत्यु

सुडानको बजारमा ड्रोन आक्रमण, ३३ जनाको मृत्यु
(250613) -- TEL AVIV, June 13, 2025 (Xinhua) -- Smoke rises following an Iranian missile attack in Tel Aviv, Israel, on June 13, 2025. Dozens of missiles were fired from Iran into Israel on Friday evening, according to statements issued by the Israel Defense Forces (IDF). (Gideon Markowicz/JINI via Xinhua)
अ+ अ-

काठमाडाैँ । दक्षिणपश्चिम सुडानको अर्धसैनिक नियन्त्रणमा रहेको दुई बजारमा ड्रोन आक्रमण हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यो आक्रमण पश्चिम कोर्डोफान राज्यको अबु जाबाद र वाड बान्डा बजारमा भएको हो, जुन तीन वर्षदेखि चलिरहेको सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको सङ्घर्षको सबैभन्दा हिंसक क्षेत्रमा पर्दछ ।

अबु जाबाद अस्पतालका एक चिकित्सकले शनिबार बजारमा दुईवटा ड्रोन प्रहार भएको र ५९ जना घाइते भएको जानकारी दिए । उनका अनुसार तीमध्ये ३० जना घाइतेको तत्काल उपचार भइरहेको छ । सहरका बासिन्दा हमाद अब्दुल्लाले घटनामा उनका चार आफन्त पनि मारिएका बताए , जो बजारमा काम गर्दै थिए ।

सैन्य स्रोतहरूले आक्रमणमा सर्वसाधारणलाई लक्षित गरिएको आरोपलाई अस्वीकार गर्दै भने, “हामी केवल विद्रोही र उनीहरूको हतियार डिपोहरूलाई मात्र निशाना बनाउँछौँ । कुनै पनि आधार नभएको आरोप फैलाइएको छ ।”

अप्रिल २०२३ देखि सुरु भएको युद्धमा दुवै पक्षमाथि नागरिक क्षेत्रहरूमा गोलाबारी गर्ने र युद्ध अपराध गर्ने आरोप लगाइएको छ । युद्धका कारण दशौँ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने एक करोड १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरी सङ्कटका रूपमा वर्णन गरेको छ ।

स्थानीय बासिन्दाहरू र चिकित्सकहरूले पनि बढ्दो हिंसाले दैनिक जीवन प्रभावित भएको र उपचार सुविधामा दबाब परेको बताएका छन् । दुई बजार सहरहरू एकअर्काबाट लगभग १५ किलोमिटर (९ माइल) टाढा छन् ।

सुडानको यस क्षेत्रमा जारी हिंसा र ड्रोन प्रयोगले मानवीय सङ्कटलाई अझ गहिरो बनाएको छ । नागरिक सुरक्षा र राहत प्रयासहरूमा चुनौती बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो देखाउँदै आएको छ ।