९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ : उपराष्ट्रपति यादव



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो आवश्यकता औँल्याएका हुन् ।

उपराष्ट्रपति यादवले पछिल्लो समय नेपाली महिलाहरूले शिक्षा, राजनीति, समाजसेवा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा निरन्तरताले मुलुकलाई समृद्धि र प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरेका हुन् । सन्देशमा भनिएको छ, “महिलाको सबलीकरणले मात्र सामाजिक न्याय, आर्थिक समानता र राजनीतिक स्थिरता सम्भव हुन्छ, महिला अधिकार सुनिश्चित गर्नु मानवअधिकारको आधारस्तम्भ हो, गरिबी अन्त्य, लैङ्गिक उत्तरदायी नीति, हरित अर्थतन्त्र र सामाजिक न्यायमा केन्द्रित भएर अघि बढ्दामात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ ।”

महिला सशक्तीकरण, समानता, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता र सम्मानजनक सहभागिताका पक्षमा वकालत गर्ने यो दिवसले समाजलाई समावेशी र न्यायपूर्ण बनाउन प्रेरणा दिने उल्लेख गर्दै उनले महिलाको योगदानलाई सम्मान गर्दै विभेद, हिंसा, उत्पीडन र अन्यायपूर्ण परम्परालाई अन्त्य गर्ने सङ्कल्प लिनुपर्ने आवश्यकता औँल्याए ।

उनले भनेका छन्, “वैदिककालदेखि नै महिलालाई देवी स्वरूपमा सम्मान गरिएको हाम्रो परम्परा आज पनि जीवित छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ भन्ने संस्कृत वचनले महिलाको सम्मानलाई देवत्वसँग जोडेको छ, छोरीलाई लक्ष्मीको आगमन मान्ने हाम्रो संस्कृतिले महिलाको स्थानलाई उच्च बनाएको छ”, उपराष्ट्रपति यादवले अन्तरराष्ट्रिय महिला दिवसले समाजमा लैङ्गिक समानता, सम्मान, समावेशिता र प्रगतिलाई सबल बनोस् भनी कामना पनि गरेका छन् ।