२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा–३ मा रास्वपाका चौरसिया निर्वाचित



अ+ अ-

पर्सा। पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उहाँले २९ हजार ६७९ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याउनुभयो ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार रूपेशकुमार पाण्डेले ११ हजार ९१४ मत ल्याउनुभयो भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादवले दुई हजार १३७ मत ल्याउनुभयो ।

पर्सा–३ बाट २३ उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । यहाँ नौ जना स्वतन्त्र उम्मेदवार र १४ जना दलीय उम्मेदवार हुनुहुन्छ । पर्सा–३ मा कुल मतदाता ९६ हजार ५४२ जनामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको छ । रासस