२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा–२ रास्वपाका थापा विजयी



अ+ अ-

पाल्पा। पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकोे अन्तिम मतपरिणामअनुसार उहाँले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो । यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी हुनुभएको थियो । रासस