१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

महोत्तरीका १ र २ मा रास्वपा निर्वाचित

महोत्तरीका १ र २ मा रास्वपा निर्वाचित
अ अ+ अ-

महोेत्तरी। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यहाँका चार प्रतिनिधिसभा क्षेत्रमध्ये दुईको मतपरिणाम घोषणा भएको छ ।

महोत्तरीका १ र २ को सम्पन्न मतगणनाअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी हुनुभएको छ ।

घोषित मतपरिणामअनुसार महोत्तरी–१ क्षेत्रबाट प्रमोदकुमार महतो विजयी हुनुभएको छ । महतो ३४ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरीराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१२ राजनीतिक दल र १३ स्वतन्त्रसमेत २५ उम्मेदवार रहनुभएको यो क्षेत्रमा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका मुकेशराज काफ्लेले छ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, महोत्तरी–२ को सम्पन्न मतगणनाअनुसार रास्वपाकै दीपककुमार साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले नौ हजार ७४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । रासस