२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत- १ मा कांग्रेसका खड्का विजयी



अ+ अ-

कर्णाली। सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो ।

यहाँ शाहीले १८ हजार ८९०, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४ हजार ७२९ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले दुई हजार ८२८ मत प्राप्त गर्नुभएको भएको छ ।

यस निर्वाचन क्षेत्रमा १३ दलका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । एक लाख २२ हजार ९०२ मतदाता रहेको यस क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो । यहाँ दुई हजार ३९३ मत बदर भएका छन् ।रासस